अन्तर्राष्ट्रिय सहकारीकर्मीद्वारा राष्ट्रिय बैंकको केन्द्रीय कार्यालय अवलोकन
Oct 17, 2023

अन्तर्राष्ट्रिय सहकारीकर्मीद्वारा राष्ट्रिय बैंकको केन्द्रीय कार्यालय अवलोकन

भदौ ३१, ललितपुर एसियाली ऋण महासंघ (अक्कू) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोक्के सहितका अन्तर्राष्ट्रिय सहकारीकर्मीद्वारा राष्ट्रिय सहकारी बैंकको पुल्चोक स्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गर्नु भएको छ ।

आइतबार एक कार्यक्रमको बिच अक्कूकी प्रमुख कार्यकारी अधिकृत स्यानरोक्के, चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीे सहित फिलिपिन्स र ताइवानका सहकारीकर्मी प्रतिनिधिहरूले अवलोकन भ्रमण गर्नु भएको छ ।

अवलोकन भ्रमणका प्रतिनिधिमण्डललाई राष्ट्रिय सहकारी बैंकका तर्फबाट अध्यक्ष के.बी. उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का र नायब महाप्रबन्धक राजेश श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

सो अबसरमा उहाँहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको परिचय, बैंकले सञ्चालन गरेको सेवा, बैंकको भावी योजना तथा उद्देश्य, सदस्य संस्थाहरुको परिचय, कार्यक्षेत्र जस्ता समग्र विषयमा जानकारी गराउनु भएको थियो । त्यसै गरी अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोक्के नेपालको सहकारी क्षेत्रमा बैंकले निभाएको भूमिको प्रशंसा गर्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.