अक्कू फोरम २०२३ आजदेखि काठमाडौंमा सुरु, १९ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता
Sep 11, 2023

अक्कू फोरम २०२३ आजदेखि काठमाडौंमा सुरु, १९ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता

काठमाडौं । एसियन क्रेडिट युनियन (अक्कू) फोरम २०२३ आज देखि काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । एसियाली ऋण महासंघ (अक्कू) को आयोजना तथा राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋण सहकारी संस्थाहरुको छाता सङ्गठन नेफ्स्कूनको सह–आयोजनामा सुरु भएको कार्यक्रम भदौ २७ (सेप्टेम्बर १३ तारिख) सम्म सञ्चालन हुने छ ।

फोरममा एसियाली ऋण महासंघका प्रतिनिधिहरू र सदस्य राष्ट्रहरू नेपाल, अस्ट्रेलिया बङ्गलादेश, इन्डोनेसिया, भारत, जापान, दक्षिण कोरिया, मलेसिया फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का सहितका १९ राष्ट्रका ४१७ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा एसियाली ऋण महासंघको ४२ औं साधारण सभा समेत हुने छ ।

सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भए पनि कोभिड–१९, को कारण स्थगित भएको थियो । फोरममा मानव संसाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशाला सहित फरक–फरक ४ वटा सत्रहरु सञ्चालन हुनेछन् । अक्कू फोरम यस अघि दुई पटकसम्म नेपालको प्रायोजनमा भएको भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.