सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड
Jun 20, 2020

सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड

१. संस्थाको नाम :

सौगात लघुउद्यम सहकारी संस्था लिमिटेड

२. संस्थाको ठेगना :

कमलामाई नगरपालीका–६, सिन्धुली

३. संस्थाको पृष्ठभुमी :

राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकीकृत गरी सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरी आर्थिक रुपले पछि परेका व्यक्तिहरु लाई सहकारीको माध्यमबाट उद्यमी बनाउने उद्धेश्यले यस सौगात लघु उद्यम सहकारी संस्था ली. को स्थापना गरिएको हो । सहकारी क्षेत्रलाई राष्ट्रिय विकासका तीन आधार स्तम्भ मध्ये एकको रुपमा राज्यद्धारा स्वीकार गरिएको छ । सहकारीका मूल्य, मान्यता र सिद्धान्तका आधारमा सदस्यहरुलाई समाजमा रहेको स्रोत र साधनको उच्चतम प्रयोग गरि उनिहरुलाई उद्यमशिलता मार्फत आर्थिक सामाजिक तथा सांस्कृतिक विकासको महत्वपूर्ण माध्यम बनाउने र गरिवी निवारण, रोजगारी सिर्जना, सकारात्मक श्रम सम्बन्ध, समावेशी समाजको निर्माण, उद्यमशिलताको विकास र स्वस्छ र प्रतिस्पर्धि व्यवसायिक वातावरणको सिर्जनाको लागि महिला सदस्यहरु एकतावद्ध भई संचालित सहकारीको रुपमा स्थापित यस सौगात लघु उद्यम सहकारी संस्था ली. कमलामाई नगरपालीका वडा नं. १ देखि ९ सम्म कार्य क्षेत्र बनाई छरिएर रहेको पुँजी र सीपको उचित प्रयोग गर्ने ध्येयले वि.सं. २०६४/१०/२३ मा सहकारी विभाग, डिभिजन सहकारी कार्यालय धनुषामा सहकारी ऐन, २०४८ को दफा ५ बमोजिम दर्ता नं. ७६८/२०६४/०६५ सौगात लघु उद्यम सहकारी संस्था ली. दर्ता भएको छ । यस संस्थाको कार्यालय कमलामाई नगरपालीका ६ सिन्धुलीमा रहेको छ ।

४. संस्था स्थापनाको उद्धेश्य :

  • कार्यक्षेत्रभित्र रहेका विभिन्न पेशामा आवद्ध भई व्यवसायिक खेती तथा उद्यम गर्न इच्छुक गरीवीका रेखामुनि रहेका महिला, दलित, आदिवासी जनजाती, वेरोजगार युवाहरु र पछि पारिएका वर्गको जीवनस्तर उकास्न यस संस्थामा आवद्ध तथा संगठीत गराउने ।
  • सदस्यहरुमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सृजना गर्ने र सदस्यहरुभित्र नियमित बचत गर्ने वानिको अभिवृद्धि गर्ने र सो वचतलाई परिचालन गर्ने ।
  • लघु तथा साना उद्यमिको उत्पादन खरिद गरी विक्री वितरण गर्ने तथा उनिहरुका लागि आवश्यक कच्चापदार्थ तथा अन्य उपभोग्य सामग्री सुपथ मुल्यमा उपलव्ध गराउने ।
  • लघु उद्यमीको उत्पादन–विक्रि प्रवद्र्धनका लागि उद्यमशीलता विकास व्यवसाय व्यवस्थापन लगायत बजारीकरण सञ्जाल विस्तार सम्बन्धि तालिमहरु, बजारिकरण,उत्पादन लञ्चिङ एवं प्रदर्शनी मेला तथा भेला आयोजना गर्ने ।
  • उत्पादनशिल आयमूलक सिपमूलक कार्यका लागि सदस्यहरुलाई उचित व्याजदरमा ऋण (संकलित तथा परिचालित पूँजीबाट) प्रदान गर्ने ।
  • व्यवसायिक रुपमा संस्थाभित्रका सदस्यहरु माझ सामूहिक साझा सुविधा केन्द्रको अवधारणा अनुरुप सम्भावित सामूहिक व्यवसाय सञ्चालन गर्ने ।
  • सदस्यहरुको आर्थिक सामाजिक जीवनस्तर उकास्न तथा संस्थागत क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास, संस्था व्यवस्थापन, लंगिक सचेतिकरण, एच.आइ.भी.÷एड्स सँग सम्बन्धित सचेतिकरण तथा सीप– प्रविधि विकास सम्बन्धि विविध गतिविधिहरु आयोजना गर्ने ।
  • संस्थाको उद्धेश्य परिपूर्तिको लागि सरकारी, गैरसरकारी, निजी क्षेत्र, व्यवसाय विकास सेवा प्रदायक संस्था तथा सहकारी संस्थासँग समन्वय तथा सहकार्य गरी कार्यक्रम संचालन गर्ने ।

५. संस्थाको कार्यहरु :

  • बचत संकलन तथा ऋण परिचालनसंस्थामा गरीवीका रेखामुनि रहेका विपन्न महिला आवद्ध सदस्यहरुको नियमित बैठक बसाल्ने, एक आपसका सदस्यहरुमाझ परेका समस्याहरुमाथि छलफल गर्ने, समाधानको उपाय पत्ता लगाइ आवश्यक कार्यान्वयन गर्ने । शेयर सदस्यहरु माझ दैनिक, साप्ताहिक, मासिक बचत संकलन गर्ने । सदस्यहरुबाट माग भए बमोजिम उत्पादनशिल क्षेत्रमा उचित व्याज लिइ लामो तथा छोटो अवधिका लागि धितो तथा विना धितो कर्जा प्रवाह गर्ने । नियमित बाहेक सदस्यहरुले राख्न चाहने स्वेच्छिक वचत निक्षेप जम्मा गरिदिने ।
  • सामूहिक व्यवसायको संचालनसहकारी संस्थाको लगानीमा आवश्यक सामूहिक व्यवसाय सञ्चालन गर्ने र साझा सुविधा केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • अन्य कार्यहरुसहकारीता बारे सदस्यहरुलाई चेतना जगाउने । सहकारी शिक्षा कार्यक्रम संचालनका लागि व्यवस्था मिलाउने । सहकारी मार्फत जनसंख्या तथा परिवार कल्याण, शिक्षा खानेपानी तथा सरसफाई जस्ता चेतनामूलक कार्यक्रमहरु संचालनका लागि व्यवस्था मिलाउने । संस्थाको कार्य क्षेत्रभित्र सामाजिक हित हुने कार्य गर्ने

६. तालिम :

सहकारी आफैले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धि विभिन्न तालिम दिने गरेको छ । यसका साथै आफ्नै आयोजनामा सिप विकास, सिप प्रवद्र्धन र वजारिकण सम्बन्धि तालिम आयोजना गर्दै आएको छ । आफ्ना सदस्यहरुलाई तालिम दिएर उनिहरुलाई आफ्नै व्यवसाय तर्फ लाग्नको लागि अभिप्रेरित गर्ने गरेको छ । तालिममा सिकेका कुराहरुलाई आफ्नै उद्योगमा काम गर्ने अवसर समेत प्रदान गरेको छ । आफुले आयोजना गर्ने तालिमको अलावा अन्य सरकारी तथा गै.स.स. ले आयोजना गरेको सिप विकास तथा उत्पादनमुखि तालिममा आफ्ना सदस्यहरुलाई सहभागी गराउने गरिएको छ ।

७. सदस्य संख्या :

  • महिला २०९ जना
  • पुरुष ७८ जना
  • जम्मा २८७ जना

८. सदस्यहरुलाई उपलव्ध गराइने थप सुविधाहरु :

एकल महिला, अपाङ्ग उद्यमीको हकमा प्राविधिक सहायताको साथसाथै सस्तो व्याजदरमा व्यवसाय संचालनको लागि कर्जा लगानीको व्यवस्था गरिएको छ । नेपाल सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने उद्योग संचालनको लागि आवश्यक मेशिनरी सामग्रीहरु सदस्यहरुलाई उपलव्ध गराउन यस संस्थाबाट प्रत्यक्ष रुपमा सहयोग गर्ने गरिएको ।सदस्यहरुले घरमै उत्पादित वस्तु लाइ यस संस्थाले संचालन गरेको पसलमा ल्याएर विक्रि वितरण गरि उनिहरुलाई आर्थिक क्रियाकलापमा समावेश गराउने गरेको ।

९. पुरस्कार तथा सम्मान :

यस संस्थाले हरेक वर्ष वार्षिक साधारण सभाको समयमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने कार्यक्रम रहेको छ । छनोट गरिने विधाहरुमा १) उधमशिलता २) नियमित बचत ३) वाल बचत ४) ज्येष्ठ सदस्य ५) असल ऋणी गारि फरक फरक विधा छुट्याई पुरस्कृत गर्ने गरेको छ । संस्थाले पनि उत्कृष्ठ कार्य सम्पादन गरी समुदायमा रहेका मानिसहरुको जिवनस्तर माथि उकास्नको लागि गरेका विभिन्न योगदानको मूल्याङ्कन गरी विभिन्न संघ संस्थाबाट सम्मानित हुने गरेको छ ।
जस्तै घरेलु तथा साना उद्योग विकास समिति ले ५ औँ उद्योग दिवसका दिन प्रदान गरिने पुरस्कारहरुमा सिन्धुली जिल्लाको सर्बोत्कृष्ठ घरेलु उद्योग को रुपमा पुरस्कृत भएको छ । त्यस्तै बुटवलमा आयोजना भएको खाद्यमेला २०७५ मा उत्कृष्ट घरेलु उद्योगको क्षेत्रमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । २०७५ सालमा प्रदेश २ को धनुषा जिल्लामा भएको खाद्यमेलामा पनि उत्कृष्ट घरेलु उद्योगको क्षेत्रमा द्धितीय स्थान प्राप्त गर्न सफल भएको छ ।

१०. संस्थालाई सहयोग र सहयोगी निकायहरु :

  • राष्ट्रिय सहकारी बेक लिमिटेडबाट लघु उद्यम संचालन र विस्तारको लागि सहुलियतपूर्ण लघु कर्जा, तालिम र गोष्ठि ।
  • कमलामाई नगरपालीका सिन्धुलीबाट ट्रष्ट सहितको भवन र दुध प्रसोधन मेसिन, फुरनदाना, ललिपप प्रसोधन मेसिन ।
  • घरेलु तथा साना उद्योग विकास समिती सिन्धुली बाट व्याज अनुदान कर्जा को साथ प्राविधिक सहयोग ।
  • कृषि ज्ञान केन्द्र सिन्धुली बाट लेवलिङ्ग र प्याकेजिङ्ग अनुदान
  • प्लान नेपाल बाट फर्निचर सहयोग
  • लघुउद्यमको क्षेत्रमा काम गर्ने गै.स.स. श्री सिन्धुली बाट दुधजन्य

११. सहकारी संस्थाले संचालन गरेका विभिन्न परियोजनाहरुसंस्था आफैले संचालन गरेका उद्योग :

  • सौगात गृह तथा सातु उद्योग
  • सौगात गृह तथा अर्गानिक पसल

१२. सदस्यहरुद्धारा संचालन गरिएको परियोजनाहरु :

  • मंगला पोल्ट्री फर्म – क.न.पा. ५ सिन्धुली
  • तारा पोल्ट्री फर्म – क.न.पा. ५ सिन्धुली
  • ॐ नम सिवाय अचार उद्योग – क.न.पा. ४ सिन्धुली
  • ओम माया तरकारी फर्म – क.न.पा. ४ सिन्धुली
  • हरिमाया टेलरिङ्ग सेन्टर – क.न.पा. ६ सिन्धुली

१३. चुनौति तथा समस्याहरु :

संस्थामा तरलताको कमि हुनु, उद्योगबाट उत्पादित सामग्रीहरु बाह्य बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने, सामूहिक व्यवसायिक उद्यमी दिर्घकालसम्म टिकाउनमा समस्या, उत्पादित वस्तुहरुको वजारीकरण मा समस्या, कच्चा पदार्थको सहज उपलव्धता नहुनु, उद्योगमा आवश्यक कच्चापदार्थ भण्डारण र तयारी वस्तुको भण्डारणमा समस्या ।

1४. सम्भावनाहरु :

संस्थाको कार्यक्षेत्रभित्र रहेका विभिन्न उद्यमिहरुको पहिचान गरि उनिहरुलाई यस संस्थासँग आवद्ध गराउन सकेमा उद्यमीको उद्यमशीलतालाई टेवा दिन सकिने । उद्यमीहरुको उत्पादनलाई उचित बजारको व्यवस्था मिलाउन सके लघु उद्यम क्षेत्रको विस्तार हुने । स्वावलम्वी पेशा को रुपमा लघु उद्यमको माध्यमबाट पछाडि परेका व्यक्ति तथा समूदायको आर्थिक विकासमा टेवा पुग्ने । स्थानिय स्तरम रोजगारीको सृजना हुने ।स्थानिय स्रोत व्यवसायमा आधारित व्यवसाय संचालन गर्ने ।

१५. भावि कार्यक्रमहरु :

यस संस्थाको मुख्य उद्धेश्य भनेको यस संस्थाको उत्पादन र उत्पादित वस्तु तथा सेवा को माध्यमबाट संस्थालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा चिनाउने रहेको छ । संस्थाको भावि कार्यक्रमहरु शेयर सदस्य संख्यामा ५०० जना विस्तार गरि यस संस्था र लघु उद्यमको क्षेत्रमा सदस्यहरुको संलग्नता वृद्धि गर्ने । गरिविको रेखामुनि रहेका मानिसहरुलाई स्वउद्यमीको माध्यमबाट रोजगारी सृजना र आत्मनिर्भर व्यवसायि वनाउन आवश्यक कार्यहरु गर्ने । यस संस्थासँग आवद्धता भएका सदस्यहरुको उत्पादनलाई एउटा Branding को रुपमा विकास गरी बजारीकरण गर्ने । उद्योगबाट उत्पादित वस्तुको मागलाई पूर्ती गर्नको लागि उत्पादन बढाउनको लागि विभिन्न मेसिनरी सामग्री खरिद तथा सहयोगको लागि आवश्यक पहल गर्ने । उत्पादित सामग्रीहरुको उचित भण्डारण गर्न आवश्यक सामग्री तथा भवनको लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.