मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.
Feb 20, 2020

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.

१. संस्थाको नाम :

स्थापना गर्दा मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाको २६ औं बार्षिक साधारणसभाले पारीत गरेको संस्थाको नाम : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. (११ वटा सहकारी संस्थाहरु एकीकरण पछि)

२. संस्थाको ठेगाना :

बागमति प्रदेश, दोलखा जिल्ला, भीमेश्वर नगरपालीका

३. संस्थाको पृष्ठभूमि :

राजधानी काठमाण्डौ वाट १३२ कि.मि. पूर्व, प्रदेश नम्बर २ को राजधानी जनकपुर भन्दा १४१ कि.मी. उत्तरमा अवस्थित भीमेश्वर नगरपालिका अन्तर्गतको चरिकोट बजारमा संस्थाको केन्द्रीय कार्यालय रहेको छ । दोलखाको सहकारी अभियानमा र शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक पक्षमा मुख्य भुमिका खेलेको यस मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. दोलखा जिल्लाको तत्कालीन चरिकोट आदर्श गाँउ बिकास समितिलाई आधारथलो बनाई २०५० साल भाद्र ७ गते स्थापना भएको हो । स्थापना भाद्र महिनामा भएपनि जिल्ला स्तरमा दर्ता प्रक्रिया अगाडि बढाउनको लागि डिभिजन सहकारी कार्यालयको अभावका कारण २०५० साल मंसिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा ८३ नम्वरमा दर्ता भई आफ्ना शेयर सदस्यहरुलाई अनवरतरुपमा सेवा प्रवाह गर्दै आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आई रहेको छ । सुरुमा दोलखा जिल्लाको सदरमुकाम भएको चरिकोट आदर्श गाँउ बिकास समितिलाई मात्र कार्य क्षेत्र बनाए पनि पछि २०५४ सालमा दोलखा, माटि, मकैवारी र चरिकोट आदर्श गा.बि.स. मिलि भीमेश्वर नगरपालिकाको स्थापना भएपछि यस संस्थाको कार्यक्षेत्र भीमेश्वर नगरपालिकाको १३ वटा वडाहरुमा बिस्तार गरिएको थियो । कार्यक्षेत्र विस्तारको क्रममा २०७० सालमा भीमेश्वर नगरपालिकाको वरीपरी रहेका तत्कालिन ९ वटा गाउ बिकास समितिहरु संस्थाको कार्यक्षेत्र भित्र पार्ने कार्य गरेको थियो । एकीकरणको माध्यमबाट यसै आर्थिक बर्षमा संस्थाको कार्यक्षेत्र जिल्ला भरी हुदै छ ।

४. संस्था स्थापनाको उद्देश्य :

समाजमा व्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरी संकलीत बचतलाई सदस्यहरुभित्रै परिचालित गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रववद्र्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउदै बिभिन्न बित्तिय सेवा प्रदान गर्नु यस संस्था स्थापनाको उदेश्य रहेको थियो ।

५. सदस्य संख्या :

२०७६ पौष मसान्त सम्म संस्थाको शेयर सदस्य तथा बालबचतकर्ताहरुको अवस्था तपसिलमा उल्लेख गरीए बमोजीम छ ।

६. कार्यक्षत्र :

पुरानो कार्यक्षेत्र ः भीमेश्वर नगरपालीकाको वडा नं. १ देखी ८ सम्म, शैलुङ्ग गाउँपालीका वडा नं. ३ देखी ७ सम्म, बैतेश्वर गाउँपालीका वडा नं. ६ देखी ८ सम्म, कालिञ्चोक गाउँपालीका वडा नम्बर ७ देखी ९ सम्म एकीकरण र संस्थाको २६ औं बार्षिक साधारणसभा पछि ः दोलखा जिल्ला भित्र ।

७. बर्तमान अवस्था :

क) भौगोलीक अवस्था संस्थाको केन्द्रीय कार्यालय रहेको भीमेश्वर नगरपालिकाको वडा नं. ६ मा अवस्थित चरिकोट बजार राजधानी शहर काडमाण्डौंबाट पूर्व तर्फ १३२ कि.मि. को दुरीमा रहेको छ भने काठमाण्डौबाट आँउदा सिन्धुपलान्चोक जिल्ला सकिएपछि दोलखा जिल्ला सुरु भएसँगै संस्थाको कार्यक्षेत्र सुरु हुन्छ । संस्थाको सम्पुर्ण क्षेत्र पहाडी क्षेत्र हो । संस्थाको कार्यक्षेत्र रहेको नगरपालिकाको शहरी क्षेत्रमा पक्की तथा कच्ची सडकको पहुच छ भने नगरपालिकाको पिछडिएको क्षेत्र तथा गाउँपालिकाको विभिन्न वडाहरुमा धुले सडकको सुविधा छ । यो क्षेत्र राज्यको केन्द्रीय राजधानी शहर काठमाण्डौ बाट नजिक पर्दछ । संस्थाको कार्यक्षेत्र भित्र कालिञ्चोक भगवती, दोलखा भिमसेन, गाईखुरा महादेव, बिगु गुम्बा धार्मिक हिसाबमा प्रख्यात छन् । यसैगरी जीरि, शैलुङ्ग दोलखा जिल्लाको अति महत्वपुर्ण पर्यटकिय स्थल हुन् ।

ख) जनसंख्या संस्थाको कार्यक्षेत्र भित्र ४५६८८ घरधुरी रहेको छ भने जम्मा जनसंख्या १८६५५७ जना रहेका छन् ।

ग) भाषा यहाँ जात जातीको दृष्टिकोणबाट हेर्दा ब्राम्हण, क्षेत्री, नेवार तमाङ्ग, थामी, शेर्पा, दमाई, कामी, सार्की, सुरेल, जिरेल आदि रहेका छन् । कार्यक्षेत्रलाई सरसर्ती अध्ययन गर्दा बोलीचालीको भाषाको रुपमा नेपाली, नेवारी, तामाङ्ग, थामी, र शेर्पा भाषानै प्रमुख भाषा छन् ।

घ) धर्म कार्यक्षेत्र भित्र बसोवास गर्ने जनसंख्यालाई हेर्दा विभिन्न धर्म मान्ने व्यक्तिहरु भेटिन्छ । यहाँका वासिन्दाहरुले विशेष गरी हिन्दु, बौद्ध, क्रिश्चियन र मुस्लिम धर्म मान्ने गरेका छन् । कार्यक्षेत्र भित्र वसोवास गर्ने व्यक्तिहरु मध्ये ओम शान्ति, कृष्णप्रणामी हरु पनि हुनुहुन्छ ।

ङ) कार्यक्षेत्र भित्रका ब्यक्तिहरुको पेशा यस क्षेत्रका अधिकांस मानिसको प्रमुख पेशाको रुपमा कृषि रहेको छ । यसको अतिरिक्त यहाँका वासिन्दाहरु पर्यटन व्यवसाय, व्यापार, होटल, शिक्षक, सरकारी सेवा, सहकारी सेवा, बैदेशिक रोजगार, साना उद्योग, विभिन्न परामर्श सेवा तथा निर्माण व्यवसायमा समेत संम्लग्न रहेका छन् । यस क्षेत्रमा स्थानीय वासिन्दाहरुको अतिरिक्त अन्य जिल्ला तथा जिल्लाका अन्ये भागबाट आएर अस्थायि बसोवास गर्नेहरुको संख्या पनि उल्यख्य रहेको छ ।

च) संस्थाको बर्तमान वित्तीय अवस्था संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)द्वारा सञ्चालित एक्सेस कार्यक्रममा सहभागि भई सिल्भर ब्राण्ड प्राप्त संस्था हो । संस्थाले उक्त कार्यक्रम अन्तर्गत पल्र्स अनुगमन प्रणाली अन्तर्गतका ४६ सुचकांकहरु मध्ये धेरै सुचकांकहरु क्रमस पुरा गरेको हुनाले स्वस्थ्य बित्तीय अवस्था छ । संस्थाको भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा तल छ । संस्थागत पुँजी ८ प्रतिशत भन्दा माथि छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.