सहकारीमा कर व्यवस्था र कर्जा असुली सम्बन्धी कानुनी व्यवस्था विषयक तालिम सम्पन्न
Mar 6, 2024

सहकारीमा कर व्यवस्था र कर्जा असुली सम्बन्धी कानुनी व्यवस्था विषयक तालिम सम्पन्न

फाल्गुन २३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखा र सहकारी कर्मचारी संगठन मोरङको आयोजनामा “सहकारीमा कर व्यवस्था र कर्जा असुली सम्बन्धी कानुनी व्यवस्था” विषयक तालिम सम्पन्न भएको छ । बुधबार भएको उक्त तालिममा ३५ वटा सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सहकारी संस्थामा व्यवस्थित तरिकाले लेखा राखी, आयकरको गणना, टिडिएसहरुको दाखिला, पारिश्रमिक कर गणना र कर्जा असुली सम्बन्धी कानुनि प्रक्रियाकोे विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिममा इटिडिएस, राजश्वको शीर्षकहरू, आयकर ऐनमा सहकारी सम्बन्धी भएका व्यवस्था, कर्जा असुलीमा कानुनी व्यवस्था लगायतको विषयमा लेखापरिक्षक राजेन्द्र प्रसाद सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

सहकारी कर्मचारी संगठन उर्लाबारी इलाकाका अध्यक्ष चक्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखाका प्रमुख विवेक रिजालले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहकारी कर्मचारी संगठन उर्लाबारी इलाकाकी उपाध्यक्ष सुशीला न्यौपानेले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.