भक्तपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न
Feb 6, 2024

भक्तपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न

माघ २३, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड ठिमी शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय व्यवस्थापकहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका सहकारी संघ संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो ।

सहकारी संस्थामा व्यवस्थापकहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष बनाई राख्नुपर्नेमा जोड दिनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाकी उप–प्रमुख एवम् बैंकका पूर्व सञ्चालक सरिता तिम्सिना (भट्टराई) ले सहकारीका व्यवस्थापन प्रमुखहरूले आफ्नो संस्थामा स्वनियमनमा रही सदस्यलाई शिक्षा तालिम सञ्चालन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

सहकारी संस्थाले वार्षिक साधारण सभा सँगसँगै अन्य सदस्य सेवा, सामाजिक सेवाका कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नगरपालिकाद्वारा सम्बन्धित शाखामार्फत सहकारी संस्थाको नियमित अनुगमन तथा निरीक्षण गरी निर्देशन सँगै सल्लाह सुझाव दिइने गरेको उल्लेख गर्नु भयो ।

बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी क्षेत्रले वित्तीय साक्षरता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । सहकारी क्षेत्रले सदस्यहरुसँग वित्तीय साक्षरतासँगै ग्रामीण क्षेत्रमा रहेका विपन्न वर्गका जनताको आयआर्जन वृद्धिमा प्रभावकारी बन्दै गएको बताउनु भयो । उहाँले सहकारीको भूमिका थप बढाउनका लागि उद्देश्य अनुरूप कर्जा परिचालन, उत्पादनशील क्षेत्रलाई प्राथमिकता, संस्थागत सुशासन, आन्तरिक अनुगमन प्रणालीमा सुधार र दक्ष कर्मचारीको व्यवस्थापन आवश्यक रहेको बताउनु भयो ।

बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले सदस्य सस्ताहरूको संस्थागत विकासका लागि तालिम तथा शिक्षाका कार्यक्रमलाई जोड दिएको बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा बैंकका सहायक तालिम अधिकृत राजकुमार बराल र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले व्यवस्थापहरुको क्षमता विकासका विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.