धौलागिरीका सहकारीकर्मीलाई सम्पत्ती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम
Sep 22, 2023

धौलागिरीका सहकारीकर्मीलाई सम्पत्ती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम

काठमाडौ, ५ असोज

सहकारीकर्मीहरुलाई सम्पत्ती शुद्धिकरण र गोएमएल सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ बागलुङमा सञ्चालित २ दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको तालिममा सम्पत्ती शुद्धिकरण निवारण तथा गोएमलका बारेमा सहजीकरण गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारको स्वच्छता एवम् पारदर्शिता कायम गर्नका लागि सहकारी विभागले जारी गरेको निर्देशन कार्यान्वयनमा तालिमले सहयोग पु¥याउने बैंकले जनाएको छ । तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नु भएको थियो ।

तालिममा सम्पत्ती सुद्धिकरण ऐन, नियमावली, निर्देशन, सहकारी ऐन, नियमावली र निर्देशनमा सहकारीका लागि व्यवस्था गरिएको विषयहरुको बारेमा जानकारी गराइएको थियो ।

सम्पत्ती शुद्धिकरण र गोएमएलका विषयमा सहकारीहरुले पालना गर्नु पर्ने विषयमा जानकारी लिई समयमै संस्थाले गर्नु पर्ने काम सकेमा सहकारीहरुप्रतिको विश्वास बढ्दै जाने सहजकर्ता दाहालले बताउनुभयो । उहाँले सहकारीले आफ्ना सदस्यहरुसंग मात्र वित्तीय कारोबार गर्ने भए पनि कतिपय सहकारीहरुले ऐनमा भएको व्यवस्था भन्दा बाहिर गएर काम गरेकाले सिंगो सहकारी अभियानप्रति नै नकरात्मक प्रचार हुने गरेको भन्दै यसलाई चिर्नका लागि सहकारीकर्मीहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.