सुन्दरहरैंचामा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
Mar 12, 2024

सुन्दरहरैंचामा सहकारीका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

फाल्गुन २९, ललितपुर ।  राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैचा शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा समोबार र मंगलबार सञ्चालन गरिएको तालिममा २७ वटा सहकारी संघ संस्थाका २८ जना अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलता पूर्वक सञ्चालन र व्यवस्थापन गरी सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न नेतृत्वदायि बनाउने सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

बैंकको सुन्दरहरैचा शाखा समन्वय उपसमितिका संयोजक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रमको बैंकका सञ्चालक एवम् कोशी प्रदेशका संयोजक महेन्द्र गिरीले उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन पछि मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि एवम् बैंकका सञ्चालक महेन्द्र गिरीले बैंकको प्रत्येक शाखामा आयोजना हुने गरी २०० भन्दा बढी निःशुल्क तालिम देशभरी सञ्चालन भइरहेको र यसबाट सहकारी अभियानलाई सुसूचित गराई दिशा बोध गर्न र सदस्य केन्द्रीयता वृद्धि गर्न सकिने बताउनु भयो । उहाँले संस्थाहरुले पनि सदस्य सहभागितामा जोड दिनुपर्ने र सदस्य शिक्षाका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक लक्ष्मी सापकोटाले, नीति र विधिमा सहकारी संस्थाहरुलाई सञ्चालन गर्नुपर्ने बताउनु भयो । 

जिल्ला सहकारी संघ लिमिटेड मोरङका सचिव राकेश दाहालले सहकारी अभियानलाई थप उचाइमा पु¥याउन र सहकारी क्षेत्रका समस्या समाधानको नेतृत्व लिन संघले आफ्ना गतिविधि केन्द्रित गरिरहेको बताउनु भयो । सहकारी बैंकले आयोजना गरेको यस कार्यक्रमले उत्तरी मोरङका सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पु¥याउने धारणा राख्दै आगामी चैत्र १४ देखि २० गतेसम्म राष्ट्रिय सहकारी सप्ताहका रूपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

शाखा समन्वय उपसमितिका सदस्यहरू रामप्रसाद गजुरेल, अर्जुनराज अधिकारीले समापन सत्रमा बोल्दै तालिम अत्यन्त प्रभावकारी रहेको र यसले आगामी दिनमा संस्थामा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने बताएका छन् ।

सहभागी सबैलाई धन्यवाद दिदैं शाखा समन्वय उपसमितिका संयोजक टिकाप्रसाद कट्टेलले सदस्य केन्द्रित, मर्यादित र समुदायमा आधारित व्यवस्थित सहकारी निर्माणको नेतृत्वका लागि यो तालिमले सहयोग पु¥याउने अपेक्षा राखेको बताउनु भयो ।

बैंकका तालिम अधिकृत राजकुमार बरालले तालिमको सहजिकरण गर्दै सहकारीको परिचय मूल्य मान्यता तथा सिद्धान्तहरूको व्यवहारिक प्रयोगको परीक्षण, कार्य योजना तथा बजेट निर्माण तथा समीक्षा गर्ने सिप, प्रभावकारी ऋण व्यवस्थापन, व्यवस्थापन प्रतिवेदन र विश्लेषण बैठक सञ्चालन प्रक्रिया, आधारभूत वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवम् सदस्यलाई वित्तीय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन नियमावली आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तीय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक÷अध्यक्षको भूमिका लगायतका विषयवस्तुमा रहेर सहभागितामूलक शैलीमा सहजीकरण गर्नुभएको थियो ।

तालिममा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका विषयमा आफ्ना अनुभवहरू साट्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.