सिरहामा सहकारीका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jan 18, 2024

सिरहामा सहकारीका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

माघ ४, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारीका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ ।

सहकारी सञ्चालकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने र सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

कार्यक्रम समापनको अवसरमा मन्तव्य राख्दै बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले सहकारीका सञ्चालकहरूले संस्था प्रतिको आफ्नो दायित्व र जिम्मेवारी पूरा नगर्दा सहकारी संस्थाहरु दुर्घटनामा पर्ने गरेको बताउनु भयो । उहाँले कतिपय सहकारी संस्थाहरूका सञ्चालकको खराब आचरणका कारण पनि समस्या निम्तिएको उल्लेख गर्दै सुशासन र पारदर्शितामा संस्थालाई सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

बैंकको व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उप–समितिका सदस्य पञ्चलाल महतोले केही सहकारी संस्थाहरुले जथाभाबी कर्जा लगानी गर्दा संस्थाहरुको कर्जा असुलीमा समस्या आउँदा संस्था धारासाही हुँदै गएको बताउनु भयो ।

तालिमका सहभागी बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पविता जर्गा मगरले तालिम अवधिमा सिकेका कुराहरूलाई सञ्चालकहरूको क्षमता विकास र संस्थागत विकासको क्षेत्रमा कोसेढुँगा साबित भएको बिचार व्यक्त गर्नुभयो ।

बैंकका सञ्चालक विश्वनाथ मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख समीर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सिरहा जिल्लाका विभिन्न सहकारी संस्थाका २५ जना सञ्चालहरुले सहभागिता जनाएका थिए ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.