राजविराजमा सहकारीका बजार प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि तालिम
Apr 7, 2024

राजविराजमा सहकारीका बजार प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि तालिम

चैत्र २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाले सञ्चालन गरेको सहकारी संघ/संस्थाका ‘‘बजार प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम’’ सम्पन्न भएको छ । चैत्र २४ गते सञ्चालन भएको तालिममा त्यस क्षेत्रका विभिन्न सहकारी संघ/संस्थाबाट ३५ जना बजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै वैज्ञानिक र समय सान्दर्भिक बनाउन लक्षित गरी तालिम सञ्चालन गरेको बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले बताउनु भयो । बजार व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्बन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विद्यमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरू विषयहरू समावेश गरिएको थियो ।

शाखा समन्वय उपसमितिका संयोजक गणेश कुमार आशको अध्यक्षता तथा शाखा प्रमुख वीलबल राजवंशीको सञ्चालनमा भएको कार्यक्रममा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजीकरण गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.