सहकारी बैंकद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम
Oct 10, 2023

सहकारी बैंकद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बर्दिवास शाखाले सञ्चालन गरेको सहकारी संघ/संस्थाका ‘‘बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न भएको छ । असोज १० गते सञ्चालन भएको तालिममा धनुषा र महोत्तरीका विभिन्न सहकारी संघ/संस्थाबाट ४८ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन लक्षित गरी तालिम सञ्चालन गरेको बैंकको बर्दिवास शाखाका प्रमुख राजेश थापाले बताउनु भयो । बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उदेश्य अनुरुप सञ्चालन गरिएको तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्वन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विधमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु विषयहरु समावेश गरिएको थियो ।

तालिममा सहभागि बर्दिवास बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक रमेश सिंह ठकुुरी र बडहरी बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक निर्जला लुुईट्टेलले संस्था सफल हुुनका लागि कर्मचारीहरुले भुमिका महत्वपूर्ण हुने बताएका छन । जिल्ला सहकारी संघ मोहत्तरीका उपाध्यक्ष गगनदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजीकरण गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.