राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम केयरमा आबद्ध मोरङका संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न
Aug 15, 2023

राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम केयरमा आबद्ध मोरङका संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न

भदौ २९, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आबद्ध संस्थाहरुको केयर समीक्षा गोष्ठी कार्यक्रम मोरङको सुन्दरहरैचा सम्पन्न भएको छ ।

शुक्रवार केयरमा आबद्ध भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा केयरमा आबद्ध संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

योजक संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्य रहनु भएको थियो । बैंकको सुन्दरहरैचा शाखाका प्रमुख मनोज लामिछाने र दमक शाखाका प्रमुख अर्जुन कार्कीको आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमालले सहजीकरण गर्नु भएको थियो । उहाँले संस्थाहरुको अवस्थाको बारेमा जानकारी गराउँदै सुधारका लागि आवश्यक सुझावहरू समेत दिनुभएको थियो । कार्यक्रममा मोरङ जिल्लाको केयरमा आबद्ध ८ वटा संस्थाहरूका व्यवस्थापन प्रमुखबाट संस्थागत प्रस्तुतीकरण भएको थियो । कार्यक्रमबाट १७ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.