धादिङ, नुवाकोट र रसुवा जिल्लाका सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम
Feb 27, 2024

धादिङ, नुवाकोट र रसुवा जिल्लाका सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम

फाल्गुन १५, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोट शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सोमबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत निःशुल्क रूपमा आइतबार र सोमबार सञ्चालन गरिएको तालिममा तीन जिल्लाका ४३ वटा सहकारी संघ÷संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलता पूर्वक सञ्चालन र व्यवस्थापन गरी सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न नेतृत्वदायि बनाउने सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका संचालक एवम् बाग्मती प्रदेशका संयोजक रामहरी बजगाइले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै सञ्चालक बजगाइले सहकारीको कुशल व्यवस्थापनमा सञ्चालक समितिका अध्यक्षको नेतृत्वदायी भूमिका रहने बताउनु भयो । उहाँले ‘सहकारी संस्थाका अध्यक्ष, सदस्यहरूबाट चुनिएर आएका प्रतिनिधि भएकोले संस्था सञ्चालनमा महत्वपूर्ण भूमिका हुने बताउनु भयो’ । 

बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी संस्थामा हुने सम्पूर्ण कामको नेतृत्व गर्ने, सञ्चालक समिति र व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि अध्यक्षले सहकारी ऐन, नियमावली, संस्थाको विनियम लगायत निर्देशिका तथा कार्यविधिहरुकाहरुका विषयमा जानकारी राख्नु पर्ने भएकाले अध्यक्षहरुका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई तेज प्रसाद बजगाईँले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरूले सहकारीहरूलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरूसँगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरूलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन् । 

बैंकको नुवाकोट शाखा समन्वय उपसमितिका संयोजक बैकुण्ठ मिश्रको सभापतित्व भएको कार्यक्रमको सञ्चालन नुवाकोट शाखाका प्रमुख प्रदिप अर्यालले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.