राष्ट्रिय सहकारी बैंकद्वारा नवनियुक्त कर्मचारीहरूलाई सेवा प्रवेश तालिम
Mar 27, 2024

राष्ट्रिय सहकारी बैंकद्वारा नवनियुक्त कर्मचारीहरूलाई सेवा प्रवेश तालिम

चैत्र १४, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका नयाँ नवनियुक्त कर्मचारीहरूका लागि आयोजित सेवा प्रवेश तालिम बुधवारदेखि ललितपुरमा सुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी क्षेत्रमार्फत आर्थिक विकास र सामाजिक रूपान्तरणमा उत्साहका साथ लाग्न बैंकका नयाँ कर्मचारीहरूलाई आव्हान गर्नु भयो ।

कर्मचारीहरूले संस्थागत तथा व्यक्तित्व विकासका लागि काम, परिवार र क्षमता विकासलाई ध्यान दिनुपर्दछ, सञ्चालक विष्टले भन्नुभयो–जनशक्तिलाई दक्ष बनाउन सहकारी बैंकले निरन्तर सहजीकरण गर्दै आएको छ ।

बैंकको सेवालाई सदस्यहरूबिच प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले कर्मचारीले सदैव संस्थागत हितलाई ध्यानमा राखेर काम गर्नु पर्ने उहाँको सुझाव थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले नवनियुक्त कर्मचारीहरूलाई बैंकको सेवामा स्वागत गर्दै सेवा प्रवेश तालीम मार्फत दक्षता पूर्वक आफ्नो क्षमता विकास गर्न निर्देशन दिनुभयो । उहाँले सहकारी बैंक नेपालमा सहकारी क्षेत्रको एक मात्र बैंक भएकोले सहकारीको विकासमा लाग्न समेत नवप्रवेसी कर्मचारीहरूलाई उत्प्रेरित गर्नुभयो ।

कार्यक्रममा बैकको व्यवस्थापन, सञ्चालन, स्तरीकरण, व्यवसाय प्रवर्द्धन, क्षमता विकास लगायतका विषयमा विषय विज्ञहरू र बैंकका उच्च व्यवस्थापनका अधिकृतहरूले सहजिकरण गर्ने छन् ।

आज देखि सुरु भएको तालिम चैत्र १९ गतेसम्म सञ्चालन हुने छ । तालिममा खुल्ला प्रतियोगिताद्वारा छनोट भएका कनिष्ठ सहायक स्तरका ६० जना कर्मचारीहरूको सहभागिता रहेको छ  । कार्यक्रमको सञ्चालन बैंकको तालिम विभागका वरिष्ठ अधिकृत मिना कुमारी शर्माले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.