सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सुन्दरहरैंचामा सुरु
Nov 10, 2024

सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सुन्दरहरैंचामा सुरु

कार्तिक २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैंचा शाखा कार्यालयको आयोजनामा दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” आइतबार देखि सुरु भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत दुई दिन सम्म सञ्चालन हुने तालिममा शाखाको कार्यक्षेत्र रहेको सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारी नगरपालिका क्षेत्रमा रहेका १५ सहकारी संस्थाका ३३ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखा समन्वय उप–समितिका संयोजक टिकाप्रसाद कट्टेलले गर्नुभयो । दुई दिन सम्म सञ्चालन हुने तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमाल र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सचिव जीवन बस्नेतले सहजिकरण गर्नुहुनेछ । तालिम उद्घाटन सत्रको कार्यक्रम सञ्चालन शाखा प्रमुख मनोज लामिछानेले गर्नुभएको थयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error