सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम रुपन्देहीमा सम्पन्न
Oct 29, 2024

सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम रुपन्देहीमा सम्पन्न

कार्त्तितक १४, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुकोे क्षमता अभिवृद्धि तालिम” मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २२ वटा सहकारी संस्थाका ३७ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् बैंकको बुटवल शाखा समन्वय उपसमितिका संयोजक भीम प्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व बोर्ड सञ्चालक सन्दीप सापकोटा रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले सहकारीको बिकास नै समग्र समाज र राष्ट्रको विकासको आधार रहेको हुँदा सहकारी संघ संस्थाको विकास र प्रवद्र्धनको लागि सहकारी शिक्षा तालिम, खोज, अनुसन्धान निरन्तर गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संघ संस्थाको संस्थागत विकास र वृद्धिमा उल्लेख्य कार्य गरेको धारणा राख्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष भीम प्रसाद तुलाचनले समाजमा सहकारीको योगदान बारे प्रस्ट पार्दै, सहकारीमा सुशासन तथा ऐन कानुनको परिपालना सही तरिकाले गर्न सकेमा कुनै सहकारीमा पनि समस्या नआउने तर्क राख्नुभयो ।    

बैंकको तिलोत्तमा शाखाका प्रमुख वासुदेव कोइरालाले स्वागत मन्तव्य राख्नुभएको तालिम लुम्बिनी प्रदेशका संयोजक नारायण बेल्बासेले सहजिकरण गर्नुभएको थियो । तालिममा बैंकका अधिकृतहरू अधिकृतहरू किरण खत्री र डिल्लीराज दाहालको समेत सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error