सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सुन्दरहरैंचामा सम्पन्न
Nov 12, 2024

सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सुन्दरहरैंचामा सम्पन्न

कार्तिक २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुन्दरहरैंचा शाखा कार्यालयको आयोजनामा दुई दिवसीय “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सोमबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत दुई दिन सम्म सञ्चालन भएको तालिममा शाखाको कार्यक्षेत्र रहेको सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारी नगरपालिका क्षेत्रमा रहेका १७ सहकारी संस्थाका ३९ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तालिमको समापन सत्रको अध्यक्षता राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखा समन्वय उप–समितिका सदस्य दुर्गाप्रसाद गौतमले गर्नुभएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा शाखा समन्वय उपसमितिका सदस्यहरू पार्वती बराल, त्रिभुनाथ फुयाँल र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सञ्चालक सदस्य इन्दिरा भट्टराईको आतिथ्यता रहेको थियो ।

 दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्यप्रसाद रिमाल र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सचिव जीवन बस्नेतले सहजिकरण गर्नुभएको थियो । तालिम समापन सत्रको कार्यक्रम सञ्चालन शाखा प्रमुख मनोज लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रम पश्चात् बोल्दै प्रमुख आतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सम्पूर्ण सहभागीहरूलाई तालिममा सिकेका विषयहरू व्यवहारमा लागू गर्न र आवश्यक सहयोगका लागि अभियानसँग निरन्तर समन्वय गर्न अनुरोध गर्नुभयो ।

शाखा समन्वय उप–समितिका सदस्य दुर्गाप्रसाद गौतमले बैंकले निरन्तर सदस्य शिक्षा कार्यक्रम मार्फत सदस्य संस्थाहरुको क्षमता विकास गरिरहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरूको निरन्तरता दिने योजना रहेको बताउनुभयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error