बैंकको कीर्तिपुर शाखाद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
Sep 26, 2024

बैंकको कीर्तिपुर शाखाद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

आश्विन ११, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कीर्तिपुर शाखाको आयोजनामा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ । 

सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो ऐनअन्तर्गतको ‘सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४’ ले दिएको अधिकार, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ मा भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शङ्कास्पद÷सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख समीर मानन्धरले जनकारी दिनु भयो ।

तालिम कार्यक्रमको उद्घाटन कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख एवम् वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले गर्नुभयो । उद्घाटन पछि मन्तव्य राख्दै महर्जनले पछिल्लो समय सहकारी संस्थाहरुले सम्पत्ति शुद्धीकरण र गोएमएलको बारे बुझ्नु पर्ने र यसलाई सहकारीमा पनि प्रयोग गर्नु पर्ने बताउनुभयो । 

सहकारीमा आएको विभिन्न समस्यामा भोलिका दिनमा सम्पत्ति शुद्धीकरण संस्थामा लागू नगरे अर्को समस्या पनि आउन सक्ने हुँदा त्यसलाई पालना गर्न तर्फ ध्यान दिन संस्थाहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रमको समापन समारोहमा बोल्दै बैंकको सञ्चालक पार्वती थापा मगरले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवद्र्धन र विकासका लागि बैंकले वित्तीय सेवासँगै तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्दै यस्ता तालिमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।

सहकारी बैंकले विगतदेखि नै सहकारी संस्थाहरुलाई सचेत गराउने उद्देश्यले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सञ्चालन गर्दै आएको बताउनुहुँदै, सञ्चालक थापाले ‘जसको उपलब्धि स्वरूप सदस्य सहकारी संघ संस्थाहरुले कार्यान्वयन अधिकारी तोकेको, वित्तीय जानकारी इकाईमा विवरण पेस गर्न थालिएको, नीति तथा आन्तरिक कार्यविधि निर्माणको कार्य गर्न थालिएको छ’। त्यसैगरी तालिमका सहभागीलाई तालिमबाट सिकेका ज्ञान तथा सीप आफ्नो संस्थामा लागू गर्न आग्रह गर्नुभयो’ ।

उहाँले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरूबाट प्राप्त भएका सिकाइहरूले आगामी दिनमा त्यस्ता घटनाहरू न्यूनीकरण गर्नका निम्ति सहकारी संस्थाहरुलाई सहज हुनेमा आफु विश्वस्त उल्लेख गर्नुभयो ।

कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा निवारणको विषयमा सहजीकरण गर्नु भएको थियो । तालिम कार्यक्रममा शाखा कार्यालय कीर्तिपुरमा कारोबार गर्ने दक्षिणकारी नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्रका विभिन्न सहकारी संस्थाका ३५ जना पदाधिकारीहरुले सहभागिता जनाउनु भएको थियो । तालिम कार्यक्रम सञ्चालन बैकको कीर्तिपुर शाखा प्रमुख समीर मानन्धरले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.