सहकारीका लागि आधारभूत शिक्षा तथा एनएफआरएस तालिम सम्पन्न
Sep 14, 2024

सहकारीका लागि आधारभूत शिक्षा तथा एनएफआरएस तालिम सम्पन्न

भाद्र २९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड धनकुटा शाखाको आयोजनामा सञ्चालन भएको दुई दिवसीय “सहकारीका लागि आधारभूत शिक्षा तथा एनएफआरएस तालिम” शुक्रवार सम्पन्न भएको छ । 

बिहीबार र शुक्रवार सञ्चालित तालिममा धनकुटा र भोजपुर जिल्लाका विभिन्न प्रकृतिका २६ सहकारी संस्थाका २७ जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता धनकुटा शाखा समन्वय उपसमितिका संयोजक खगेन्द्र प्रसाद सुवेदीको रहेको थियो ।

सहकारीका आधारभूत ज्ञान, सहकारी संस्थाले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी ऐन तथा सहकारी नियमावली, सहकारी नीति, नियम तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएसको (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) बारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको बैंकको धनकुटा शाखाका प्रमुख सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रमको पहिलो दिन सहकारी ऐन नियमावली सम्बन्धी जानकारी, सहकारी संस्थामा सुशासन, सहकारी सदस्य केन्द्रित व्यवसायको विषयमा गोकुल लुइँटेल र दोस्रो दिन आधारभूत वित्तीय साक्षरता सम्बन्धी ज्ञान, एनएफआरएस सम्बन्धी जानकारी तथा लेखापरिक्षण गर्न संस्थामा तयारी गर्ने कागजातका विषयमा मनोज पौडेलले सहजिकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.