जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सञ्चालन
Sep 13, 2024

जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सञ्चालन

भाद्र २८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड जोरपाटी शाखाको आयोजनामा सञ्चालन भएको एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच विषयक तालिम बिहीबार सम्पन्न भएको छ । 

बैंकको जोरपाटी शाखा कार्यक्षेत्रका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको  साथै वित्तीय कारोबारलाई थप चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।

तालिमको समापन बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले  गर्नुभएको थियो । कार्यक्रम समापन सत्रमा मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले पछिल्लो समय बजारमा नक्कली नोटको बिग–बिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममालाई नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले जाली नोट पहिचान तथा हस्ताक्षर जाँचको विषयमा सहजीकरण गर्दै समय–समयमा बजारमा नक्कली नोट आउने गरेकाले कारोबार गर्दा सचेत रहन आग्रह गर्नुभयो ।

चाडबाडको समयमा किनमेल बढी हुँदा यो समय नोटको कारोबार पनि बढ्ने हुनाले नक्कली नोट कारोबार बढ्ने गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “त्यसका लागि नोट चिन्ने विभिन्न तरिका छ, थोरै मात्र ख्याल गरे नक्कली नोटबाट बच्न सकिन्छ ।” कुनै पनि कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । सर्वसाधारणलाई झुकाएर नक्कली नोट भिडाउनेको कमी बजारमा नरहेकाले, बजारबाट संस्थामा आउने भएकोले कारोबार गर्दा सतर्क हुन उहाँले आग्रह गर्नुभयो ।

तालिम कार्यक्रममा बैंकको जोरपाटी शाखामा कारोबार गर्ने ४५ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेको बैंकका कर्मचारी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.