सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
Aug 28, 2024

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

भाद्र १२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कलंङकी शाखाको आयोजनामा सञ्चालन भएको सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एक दिवसीय तालिम बुधवार सम्पन्न भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो ऐनअन्तर्गतको ‘सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्देशन, २०७४’ ले दिएको अधिकार, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ मा भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पद/सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन शाखा प्रमुख कला थपलियाले जनकारी दिनु भयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै बैंकको सञ्चालक पार्वती थापा मगरले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवद्र्धन र विकासका लागि बैंकले वित्तीय सेवासँगै तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्दै यस्ता तालिमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।

सहकारी बैंकले विगतदेखि नै सहकारी संस्थाहरुलाई सचेत गराउने उद्देश्यले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सञ्चालन गर्दै आएको बताउनुहुँदै, सञ्चालक थापाले ‘जसको उपलब्धि स्वरूप सदस्य सहकारी संघ संस्थाहरुले कार्यान्वयन अधिकारी तोकेको, वित्तीय जानकारी इकाईमा विवरण पेस गर्न थालिएको, नीति तथा आन्तरिक कार्यविधि निर्माणको कार्य गर्न थालिएको छ’। त्यसैगरी तालिमका सहभागीलाई तालिमबाट सिकेका ज्ञान तथा सीप आफ्नो संस्थामा लागू गर्न आग्रह गर्नुभयो’ । 

कार्यक्रममा कलङ्की शाखा कार्यालय अन्तर्गतका विभिन्न सहकारी संघ संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । बैंकको  कलङ्की  शाखाका प्रमुख कला थपलियाको सञ्चालन तथा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालको सहजीकरणमा तालिम सम्पन्न भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.