राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी सम्पन्नः सदस्यमैत्री सेवालाई थप प्रभावकारी उत्कृष्ट बनाउने प्रतिबद्धता
Aug 19, 2024

राष्ट्रिय सहकारी बैंकको वार्षिक समीक्षा गोष्ठी सम्पन्नः सदस्यमैत्री सेवालाई थप प्रभावकारी उत्कृष्ट बनाउने प्रतिबद्धता

काठमाडौं, ३ भाद्र । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी समीक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

तीनसम्म सञ्चालित वार्षिक समीक्षा गोष्ठीले गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने प्रतिबद्धताका साथ गोष्ठी सम्पन्न भएको बैंकले जनाएको छ ।

समीक्षा गोष्ठीबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनु भयो ।

बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय तथा गैरवित्तीय सेवाहरूलाई थप प्रभावकारी बनाइने भएको छ ।

सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनका लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने भएको छ । बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिने लगायतका काम गर्ने योजना बैंकले बनाएको छ ।  

समीक्षा कार्यक्रमको समापनका क्रममा बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले बैंकले दिने सेवा सुविधामा कमी आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा अन्य सेवाका बारेमा सचेत रहन व्यवस्थापन, प्रदेश प्रमुख र शाखा प्रमुखहरूलाई आव्हान गर्नुभयो ।  

बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरूलाई थप प्रभावकारी बनाउने उल्लेख गर्नु भयो ।

बैंकका संचालकहरु पार्वती थापा, विजया धिताल र ध्रुवराज विष्टले सहकारी बैंकका तर्फबाट सञ्चालित कार्यक्रमहरू सहकारी क्षेत्रको दिगोपनका लागि समेत प्रभावकारी रहेकाले उच्च मनोबलका साथ कार्यक्षेत्रमा लाग्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र प्रदेश कार्यालय तथा शाखाहरूमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनु भयो ।  

उहाँले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि, सहकारीलाई डिजिटाइजेसनमा लान बैंकले उपलब्ध गराएको सेवाहरूलाई सबै सहकारीहरूमा पु¥याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताउनुभयो । बैंकले सदस्य संस्थाहरुले बैंकमा गरेको लगानी सुरक्षित गर्न तथा दीर्घकालीन फाइदाका लागि विभिन्न योजना बनाएकोले त्यसका बारेमा आम सहकारीकर्मीहरुलाई सचेत बनाउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमको सञ्चालन बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रमुखहरूको तर्फबाट प्रदेशगत समीक्षा, आ.व. २०८०/०८१ को लक्ष्य, यथार्थ अवस्था, पूँजी पर्याप्तताको अनुपात, निक्षेपसँग सम्बन्धित लक्ष्य सहितको योजना, जोखिम व्यवस्थापन, कर्जा असुली, नयाँ कर्जाको प्रोडक्टक, डिजिटल प्रोडक्टक लगायत शाखाका तर्फबाट भएका गतिविधि, सहकारी क्षेत्रको सुधारका लागि गर्न सकिने कामहरू, आगामी योजनामा समेट्नु पर्ने विषयहरू लगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल १६ हजार ३२८ शेयर सदस्य, करिब ३ अर्ब शेयर रकम, ६१ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी रहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.