तालचोकमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न
Apr 24, 2024

तालचोकमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, १२ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम बुधबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २८ वटा सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रर्वद्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको बिहीबार समापन गर्दै बैंकका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनु भयो  उहाँले संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।

बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुलीले सहकारीको साधारणसभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु पर्ने बताउनु भयो ।

बैंकको तालचोक शाखाका प्रमुख पूर्णिमा पाठकको सञ्चालनमा भएको समापन कार्यक्रममा बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error