सुर्खेतका सहकारी संस्थाका व्यवस्थापकहरूको लागि क्षमता विकास तालिम
Apr 21, 2024

सुर्खेतका सहकारी संस्थाका व्यवस्थापकहरूको लागि क्षमता विकास तालिम

बैशाख ९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारीका “व्यवस्थापकहरूको क्षमता विकास तालिम” सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत शनिवार र आइतबार सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका सहकारी संघ संस्थाहरूबाट ३६ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदान–प्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले विभिन्न ८ वटा विषयहरूमा सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा बैंकका पूर्व सञ्चालक एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक वीर बहादुर भोटे र केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सञ्चालक चन्द्र प्रसाद थानीको आतिथ्यता रहेको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.