ताप्लेजुङको कञ्चनजङ्गा सामुदायिक बहुमुखी सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध
Apr 18, 2024

ताप्लेजुङको कञ्चनजङ्गा सामुदायिक बहुमुखी सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध

बैशाख ६, ललितपुर । ताप्लेजुङको फुङलिङ अवस्थित कञ्चनजङ्गा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत “केयर”मा आवद्ध भएको छ । 

बैशाख ६ गते राष्ट्रिय सहकारी बैंकको तर्फबाट स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमाल र संस्थाका अध्यक्ष चन्द्र कुमार यगेबु बिच स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियोे । 

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.