बिर्तामोड र मेचीनगरमा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
May 9, 2024

बिर्तामोड र मेचीनगरमा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

बैशाख २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड र मेचीनगर शाखा कार्यालयको आयोजनामा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३७ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई व्यवस्थित तवरबाट सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै सहकारी अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले सहकारीको संरचना अनुसार सञ्चालक समिति कार्यकारी र लेखा सुपरिवेक्षण समिति अनुगमनकारी निकाय भएकाले यी दुवैको क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने अध्यक्षलाई यस्ता विषयहरूमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बिर्तामोड शाखाका प्रमुख विवेक डाँगीले गर्नु भएको थियो भने सञ्चालन मेचीनगर शाखाका प्रमुख मुना घिमिरेले गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभरि सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.