सुर्खेतमा जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सम्पन्न
May 3, 2024

सुर्खेतमा जाली नोट पहिचान तथा हस्ताक्षर जाँच तालिम सम्पन्न

बैशाख २१, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाको आयोजनामा एक दिवसीय जाली नोट पहिचान तथा हस्ताक्षर जाँच र उत्प्रेणात्मक तालिम शुक्रबार सम्पन्न भएको छ ।

बैंकको सुर्खेत शाखा कार्यालय क्षेत्र भित्र रहेका सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगद सँग सम्बन्धित कारोबार गर्ने कर्मचारीहरूलाई जाली नोट पहिचान र हस्ताक्षर चेकजाँच गर्न सहयोग पु¥याउनुको साथै वित्तीय कारोबारलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।

तालिमको उद्घाटन पछि मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् बैंकका पूर्व सञ्चालक हरिहर नाथ योगीले पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढेकोले त्यसबाट सचेत रहन र आफ्नो संस्थालाई सुरक्षित र जोखिम रहित बनाउन पनि तालिमले सहयोग पुग्ने उल्लेख गरे ।

बैंकका सञ्चालक कालि बहादुर महतराको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक काशिचन्द्र बरालको आतिथ्यता रहेको थियो ।

तालिममा नेपाल राष्ट्र बैंकका बाबुराम कोइराला, राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका प्रमुख कृष्ण प्रसाद अर्याल र पुर्ण नेपालीले जाली नोट पहिचान तथा हस्ताक्षर जाँच र उत्प्रेणात्मकको विषयमा सहजीकरण गरेका गर्नु भएको थियो । तालिम कार्यक्रममा बैंकको सुर्खेत शाखामा कारोबार गर्ने ३४ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा नगदसँग सम्बन्धित कारोबार गर्ने कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुर्खेत शाखाका प्रमुख सागरनाथ योगीले गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.