सिमरामा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
May 8, 2024

सिमरामा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

बैशाख २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सिमरा शाखा कार्यालयको आयोजनामा सञ्चालित सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३९ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका संचालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई व्यवस्थित तवरबाट सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै सहकारी अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक कुमार खत्रीले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले सहकारीको संरचना अनुसार सञ्चालक समिति कार्यकारी र लेखा सुपरिवेक्षण समिति अनुगमनकारी निकाय भएकाले यी दुवैको क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभयो । दैनिक प्रशासन सञ्चालनदेखि ऐन, नियमको कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने अध्यक्षलाई यस्ता विषयहरूमा जानकारी हुनुपर्नेमा उहाँको जोड थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभरि सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error