मोरङ्गमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन
Apr 7, 2024

मोरङ्गमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन

चैत्र २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगर शाखाले चैत्र २२ र २३ गते सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३३ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिमको समापन सत्रमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु पर्ने बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिस्ट्रार हरि बहादुर खत्रीले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकको कोसी प्रदेशका प्रमुख प्रभु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई बैंकको विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.