चाबहिल र नारायणगोपाल चोक क्षेत्रको सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
Apr 4, 2024

चाबहिल र नारायणगोपाल चोक क्षेत्रको सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

चैत्र २२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड चाबहिल र नारायणगोपाल चोक शाखाले सयूक्त आयोजना गरेको दुई दिवसीय सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत बुधवार र बिहीबार सञ्चालन गरेको तालिममा त्यस क्षेत्रका सहकारी संघ संस्थाहरूबाट ३७ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन बुधवार बैंकका सञ्चालक केदार मानन्धरले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै सञ्चालक मानन्धरले सहकारीमा सङ्कलित पूँजी अनुत्पादक क्षेत्रमा परिचालन भइरहेको सन्दर्भमा यस तालिमले व्यवस्थापकहरूलाई आयआर्जन र उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी सदस्यहरूको जीवनस्तरमा प्रभाव पार्ने गरी काम गर्न समेत सघाउन टेवा पुग्ने बताउनु भयो । 

सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापकहरू नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । 

त्यसैगरी तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारी संस्थाहरु खास गरी वित्तीय कारोबार गर्ने सहकारीहरूमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र संस्थाको समग्र संरचनालाई चुस्त बनाउन तालिमले सहयोग पुग्ने बताउनु भयो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदान–प्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा बैंकका अधिकृत नवकुमार अधिकारीले विभिन्न ८ वटा विषयहरूमा सहजिकरण गर्नु भएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.