लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदामा छलफल
Apr 2, 2024

लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदामा छलफल

चैत्र २१, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले तयार पारेको लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदा माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार बैंकले काठमाण्डौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विषयगत सहकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदाको परीक्षणका विषयमा छलफल आयोजना गरेको थियो । 

कार्यक्रममा मन्तव्य राख्दै बैंककोे सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यले लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको प्रयोगले सहकारीमा सुशासन कायम हुन सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी संघ संस्थाहरु स्वनियमन र सुशासनमा सञ्चालन गर्न अनिवार्य सर्त भएको उल्लेख गर्दै त्यसो भएमा मात्र संस्थाहरू जुनसुकै अवस्थामा पनि सदस्यको विश्वासमा रहने बताउनु भयो ।

कार्यक्रममा बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले बैंले तयार गरेको लेखा सुपरिवेक्षण समितिको सरलिकृत निर्देशिकाको मस्यौदाका विषय बस्तुमा सहजिकरण गर्नुभएको थियो । मस्यौदा माथि पुनः छलफल आगामी वैशाखमा गर्ने बैंकले जनाएको छ ।

कार्यक्रमका सहभागीहरूले यस निर्देशिकाको प्रयोग गरि सहकारी संघ संस्थामा आन्तरिक लेखापरिक्षण गर्न सहज बताएका छन् ।

बैंकको आयोजनामा गत असोज २५ र २६ मा सम्पन्न लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८० मा गरिएको प्रतिबद्धता अनुरूप निर्देशिका तयार गरिएको हो । निर्देशिका बैंकको https://elibrary.ncbl.coop/मा उपलब्ध हुनेछ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.