सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध
Jan 10, 2024

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध

ललितपुर । कपिलवस्तु जिल्ला स्थित बाणगङ्गा नगरपालिका वडा नम्बर–१, जितपुरमा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत केयरमा आवद्ध भएको छ । 

पुस २४ गते राष्ट्रिय सहकारी बैंकको तर्फबाट बुटवल शाखाका प्रमुख नारायण बेल्वासे र सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्बासे बिच स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता कार्यक्रममा बोल्दै बैंकका बुटवल शाखाका प्रमुख नारायण बेल्वासे सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गर्न केयर कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि विभिन्न कार्य गर्दै आएको उल्लेख गर्नु भयो । 

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।

स्तरीकरण कार्यक्रम केयर सम्झौतामा हस्ताक्षरपछि बोल्दै संस्थाका लक्ष्मण बेल्बासे सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

उहाँले स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट वर्षमा ३ पटक संस्थागत रूपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरू कार्यान्वयन गर्दै जाँदा संस्थालाई धेरै व्यवस्थित गराउन सहज हुने भएकोले पनि यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.