सहकारीका व्यवस्थापकका लागि नयाँबजारमा क्षमता विकास तालिम
Mar 5, 2024

सहकारीका व्यवस्थापकका लागि नयाँबजारमा क्षमता विकास तालिम

 

फाल्गुन २३, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय व्यवस्थापकहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा बैंकको नयाँबजार शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।

सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गर्न यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको द्घाटन सोमबार बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले सहकारी संस्थाको समग्र व्यवस्थापनमा व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष र प्रविधिमैत्री बनाई हरेक क्षेत्रमा दखल राख्नुपर्नेमा जोड दिनु भयो ।

मंगलबार तालिमको समापन सत्रमा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारी संघ संस्थाहरु तथा वित्तीय क्षेत्रमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ र सक्षम बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो । २ दिनको तालिमबाट सहभागीहरूको ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्नु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईंले व्यवस्थापहरुको क्षमता विकासका विभिन्न विषयमा सहजिकरण गर्नु भएको थियो । 

तालिममा बैंकको नयाँबजार शाखामा कारोबार गर्ने ३३ वटा सहकारी संस्था प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक एवम् सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख लोकेन्द्र के.सी.ले गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०÷०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.