लहानमा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम सम्पन्न
Oct 20, 2023

लहानमा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम सम्पन्न

कार्तिक ३, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाले आयोजना गरेको २ दिने भाखा नाघेको कर्जा व्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत लगायत संभावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् कार्यक्रमका प्रमुख अतिथि विश्वनाथ मण्डलले वित्तीय कारोबार गर्ने सहकारीहरुले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए । तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सुझाव दिदै उहाँले ऋणको जोखिम न्यूनिकरण गर्न सके सहकारीको समस्या सहजै समाधान हुने धारणा राखे ।

बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले भाखा नाघेको कर्जाको व्यवस्थापनको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकको लहान शाखा व्यवस्थापन समन्वय उपसमितिका संयोजक संजय कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख समीर श्रेष्ठले गरेका थिए । कार्यक्रममा सिरहा र सप्तरीका विभिन्न सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.