ललितपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न
Mar 29, 2024

ललितपुरमा सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकास तालिम सम्पन्न

चैत्र १५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहिबार र शुक्रबार  सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २९ वटा सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रर्वद्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।


कार्यक्रमको उद्घाटन बिहीबार बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै उहाँले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनु भयो  उहाँले संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो ।

बैंकको लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतीको सञ्चालनमा भएको समापन कार्यक्रममा बैंकका अधिकृत नव कुमार अधिकारीले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error