राष्ट्रिय सहकारी बैंकका अध्यक्षको स्वास्थ्यलाभको कामना
Mar 13, 2024

राष्ट्रिय सहकारी बैंकका अध्यक्षको स्वास्थ्यलाभको कामना

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सञ्चालक समितिले बैंकका अध्यक्ष केबी उप्रेतीलाई पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

 बैंकको फागुन ३० गते बसेको सञ्चालक समितिको वैठकले अध्यक्ष उप्रेतीको पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो । स्वास्थ्यमा समस्या आएका कारण विगत केही समयदेखि भारतमा उपचार गराइरहनु भएका अध्यक्ष उप्रेतीले स्वास्थ्यमा क्रमश सुधार भइरहेको र थप उपचार गरी छिटै जिम्मेवारीमा फर्कने जानकारी दिनु भएको छ ।  धेरै पहिलादेखि अल्सर लगायतको समस्या थियो, नियमित स्वास्थ्य परिक्षण गराउदा बढी नै समस्या देखिएकाले स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेको छु, अध्यक्ष उप्रेतीले बन्नुभयो, स्वास्थ्य उपचारका कारण आफ्नो जिम्मेवारी रहेको ठाउँमा समय दिन सकेको छै, अब छिटै नियमित काममा फर्कदैछु । 

 बैंकको मासिक नियमित वैठकमा अध्यक्ष उप्रेती भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गरागाईले जानकारी दिनुभयो ।  

वैठकले बैंकको वित्तीय अवस्था, ऋण असुली लगायतका विषयमा निर्णय गर्नुका साथै सहकारीहरुको ऋण असुलीमा सहयोग पुग्ने गरी कार्ययोजना बनाएर सहजीकरण गरिने प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.