कावासोतीमा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jan 6, 2024

कावासोतीमा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

पुस २०, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुइ दीवसीय सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्वि तालिम शुक्रबार सम्पन्न भएको छ ।

सहकारी सञ्चालकहरुले संस्था संचालन गर्दा आईपर्ने समस्याहरु सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने निति, विधि र प्रबिधि, कार्यविधि, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बिहिबार र शुक्रबार सञ्चालित तालिमको राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा सञ्चालकहरुको क्षमता अभिवृद्विको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका कावासोती शाखा व्यवस्थापन समन्वय उपसमितिका सदस्य शालिकराम कोइराला, सहकारी कर्मचारी समाज नवलपुरका अध्यक्ष नरभुपाल भुषाल लगायतको उपस्थिती रहेको थियो । 

बैंकको कावासोती शाखा व्यवस्थापन समन्वय उपसमितिका सदस्य नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नवलपुर जिल्ला भित्रका बचत तथा ऋण, बहुउदेश्यीय, उपभोक्ता, पर्यटन, विद्युत, सहकारी संस्थाहरुबाट ४४ जनाले सहभागिता जनाएका थिए ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.