कावासोतीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन
Mar 21, 2024

कावासोतीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन

चैत्र ९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा कार्यालयद्वारा आयोजित सहकारीका व्यवस्थापकहरूको लागि आयोजित दुई दिवसीय क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा बैंकको कावासोती शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्यांकन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरु, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक होमनाथ जैसीले सहकारी विरोधी गतिविधि नियन्त्रण गरि सहकारी सञ्चालकहरू जिम्मेवार बन्नुपर्ने बताउनु भयो । सहकारी संस्थाहरुलाई समस्याबाट जोगाउन कानुनको पालना गर्नुपर्ने बताउँदै सहकारीको पैसा अपचलन गर्नेलाई काराबाहि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

तालिमलाई बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकास विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकको कावासोती शाखा व्यवस्थापन समन्वय उपसमितिका सदस्य नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नवलपुर जिल्ला भित्रका बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता, पर्यटन, विद्युत र महिला सहकारीहरूबाट ४२ जना व्यवस्थापकहरूको सहभागिता थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.