भक्तपुरमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
Feb 8, 2024

भक्तपुरमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम

माघ २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कमलविनायक शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३५ वटा सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन र व्यवस्थापन गरी सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, विकास व्यवस्थापन प्रतिवेदन, विश्लेषण, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका सदस्य ध्रुवराज विष्टले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै विष्टले सहकारीको कुशल व्यवस्थापनमा सञ्चालक समितिका अध्यक्षको नेतृत्वदायी भूमिका रहने बताउनु भयो । उहाँले ‘सहकारी संस्थाका अध्यक्ष, सदस्यहरूबाट चुनिएर आएका प्रतिनिधि भएकोले संस्था सञ्चालनको भूमिका महत्वपूर्ण हुने बताउनु भयो’ । 

त्यसैगरी तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले नेतृत्वमा सहकारी सञ्चालन गर्ने क्षमता र सिप नहुँदा सहकारी संस्थामा समस्या आएको बताउनु भयो । तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई बैंकका सहायक तालिम अधिकृत राजकुमार बराल र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान तालिम सहयोगी भएको बताएका छन् । तालिम कार्यक्रम बैंकको कमलविनायक शाखाकी प्रमुख सुनिता गौतमले सञ्चालन गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.