भारतीय सहकारीकर्मीहरुलाई राष्ट्रिय सहकारी बैंकमा स्वागत
Mar 15, 2024

भारतीय सहकारीकर्मीहरुलाई राष्ट्रिय सहकारी बैंकमा स्वागत

चैत्र २, ललितपुर ।

सहकारीको अध्ययन तथा अवलोकन भ्रमणका लागि नेपाल आएका भारतीय सहकारीकर्मीहरुको एक प्रतिनिधि मण्डललाई राष्ट्रिय सहकारी बैंक लिमिटेड र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा स्वागत गरेका छन् ।

नेपाली सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणका लागि २०८० चैत्र २ गते काठमाडौं आइपुगेको भारतीय सहकारीकर्मीहरुको प्रतिनिधि मण्डललाई बैंकका निवर्तमान अध्यक्ष एवम् महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले महासंघको सभाहल पुल्चोक ललितपुरमा स्वागत गनुर्भको थियो । दिल्ली बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष प्रवेश कुमार गुप्ताले नेतृत्व गर्नुभएको सो प्रतिनिधि मण्डलमा उक्त संघका महासचिव विष्णुपाल वंशल, र कोषध्यक्ष शिवसंकर गुप्ता सहित आवद्ध विभिन्न २० वटा सहकारी संस्थाहरुका ४० जना सहभागीहरु रहेका थिए । 

निवर्तमान अध्यक्ष पोखरेलले भारतीय राष्ट्रिय सहकारी संघ लि.भारत -एनसीयुआइ_ र नेपालको सहकारी अभियानका बीचमा बिगत लामो समयदेखि सहकार्य हुँदै आइरहेको र त्यसैको परिणाम स्वरुप भारतीय सहकारीकर्मीहरुलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले नेपाल–भारत सहकारी अभियानका बीचमा सहकार्य हुनुलाई आपूmले गौरवपूर्ण मित्रताको रुपमा लिएको बताउनुभयो ।

नेपालको सहकारी अभियानको विकासमा भारतीय सहकारी अभियानको ठूलो योगदान रहेको बताउँदै उहाँले विगतमा पटक पटक भारतीय सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमण गर्ने अवसर पाएको स्मरण गर्नुभयो ।

महासंघका नायब महाप्रबन्धक बाबुल खनालले नेपाली सहकारी अभियानको विकास र हालसम्म हासिल गरेको विविध उपब्धीहरुमाथि विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा भारतीय सहकारीकर्मीहरुको प्रतिनिधि मण्डललाई राष्ट्रिय सहकारी वैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले समेत स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी बैंक लि.का नायव महाप्रबन्धक राजेश श्रेष्ठले राष्ट्रिय सहकारी वैंकका गतिविधिहरु प्रस्तुत यसका आयाममाथि संक्षेपमा प्रकाश पर्नु भएको थियो । 

कार्यक्रममा प्रस्तुती पछि सहभागीहरुले नेपालमा सहकारी गठन प्रक्रिया, कार्यक्षेत्र, ऋण असुली, वोर्डमा महिलाहरुको सहभागिता सरकारी सहयोग आदि विषयमा जिज्ञाशा राखेका थिए भने उक्त जिज्ञाशाको निवर्तमान अध्यक्ष रमेश पोख्रेलले जवाफ दिनुभएको थियो । 

सो प्रतिनिधिमडण्लले स्वागत समारोह पश्चात वैंकको कार्यालय अवलोकन गरेको थियो । महासंघको कार्यक्रम पश्चात प्रतिनिधिमडण्लले नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि -नेफ्स्कून_ को समेत अवलोकन गरेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.