गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
Aug 31, 2023

गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

भदौ १४, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ । सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पद/सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख रमा घिमिरेले जनकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवर्द्धन र विकासका लागि बैंकले पनि वित्तीय सेवासँगै तालीम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारी विभागले पहिलो पटक

२०७७ पुसमा निर्देशन जारी गरेको स्मरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा गत साउन २२ गते विभागले पुनः दोस्रो पटक निर्देशन जारी गर्दै गोएमएल सिस्टममा आबद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी भएअनुसार सदस्य सहकारी संघ संस्थाहरुको सहजताको लागि तालिम प्रभावकारी हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा लगनखेल शाखा कार्यालय अन्तर्गतका विभिन्न सहकारी संघ संस्थाबाट ५५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दहालले गर्नु भएको थियो । तालिमको समापनमा बोल्दै बैंकका सञ्चालक रामहरि बजगाईँले १० करोडभन्दा बढी कारोबार भएका सहकारी संस्थाहरुले राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले

सञ्चालनमा ल्याएको गोएमएल प्रणालीमा सहकारी संस्थाहरुआवद्ध हुनु पर्ने बताउनु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.