सहकारीका व्यवस्थापकहरूका लागि चापागाउँमा क्षमता विकास तालिम
Mar 28, 2024

सहकारीका व्यवस्थापकहरूका लागि चापागाउँमा क्षमता विकास तालिम

चैत्र १५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड चापागाउँ शाखाको आयोजनामा सहकारीका व्यवस्थापकहरूका लागि ललितपुरको चापागाउँमा सञ्चालित २ दिने तालिम बुधवार सम्पन्न भएको छ ।

एन.सी.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा बैंकको चापागाउँ शाखा कार्यालयमा कारोबार गर्ने ३४ वटा सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिमको उद्घाटन मंगलबार बैंकका सञ्चालक ध्रुवराज विष्टले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै विष्टले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो । विशेष गरी संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा समस्या आएकाले सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित कार्यक्रमहरू अघि बढाएको बताउनु भयो ।

तालिमको समापन बुधवार बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रमुख प्रविधि अधिकृत कार्कीले सहकारी संघ संस्थाहरुको संस्थागत विकास र वृद्धिमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो । सहकारी संस्थाका समग्र व्यवस्थापनमा व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै समय सापेक्ष रूपमा आफूलाई दक्ष र प्रविधिमैत्री बनाई राख्नुपर्नेमा जोड दिनु भयो । उहाँले तालिममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गर्नुभएको थियो ।

बैंकको चापागाउँ शाखाका प्रमुख सिद्धिकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको तालिमलाई बैंकका अधिकृत नव कुमार अधिकारीले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सी.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.