सिराहा र सप्तरीमा स्तरीकरण कार्यक्रम केयरमा आबद्ध संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न
Jan 30, 2024

सिराहा र सप्तरीमा स्तरीकरण कार्यक्रम केयरमा आबद्ध संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न

माघ १६, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आबद्ध सिराहा र सप्तरी जिल्लाका संस्थाहरुको केयर समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार केयरमा आबद्ध सिराहा जिल्ला स्थित लहान नगरपालिका वडा नम्बर ७ मा रहेको जनउत्थान बचत तथा सहकारी संस्था लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा मधेस प्रदेशको सिराहा र सप्तरी जिल्लाबाट केयर कार्यक्रममा सहभागी संस्थाहरूको बिचमा संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक रामहरि बजगाईंको प्रमुख आतिथ्यता, सञ्चालक विश्वनाथ मण्डल र सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बजगाईंले सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गर्न केयर कार्यक्रमले सहयोग गरेको  बताउनु भयो । सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन उवम् स्तरोन्नतिका लागि विभिन्न कार्य गर्दै आएको उल्लेख गर्नु भयो । 

कार्यक्रमका विशेष अतिथि एवम् बैंकका सञ्चालक विश्वनाथ मण्डलले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारी संस्थाको अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।

कार्यक्रमलाई राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्यप्रसाद रिमालले सहजिकरण गर्दै सहकारी संस्थाहरूको संस्थागत क्षमता विकास तथा स्तरोन्नतिका लागि बैंक सबै किसिमको प्रबिधिक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

आयोजक संस्थाका अध्यक्ष रामनारायण महतोको अध्यक्षतामा भएको कार्यक्रममा सिराहा र सप्तरी जिल्लाका सहकारी संस्थाहरूका सञ्चालक तथा व्यवस्थापन प्रमुखको सहभागिता रहेको थियो । 

त्यसैगरी सोमबार नेपाल सहकारी संस्था लिमिटेडको आयोजनामा केयर समीक्षा गोष्ठी राजविराज–३, सप्तरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सत्रुधन प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक रामहरि बजगाईंको प्रमुख आतिथ्यता, सञ्चालक विश्वनाथ मण्डल, सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्य, बैंकको राजविराज शाखा समन्वय उपसमितिका संयोजक गणेश आस, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ममता शाह, शाखा समन्वय उपसमितिका सदस्यहरू, बैंकको राजविराज शाखाका प्रमुख बिरबल कुमार राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केयरमा आबद्ध सप्तरीका ६ वटा संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूले केयर कार्यक्रमले संस्थागत सुशासन तथा प्रभावकारी वित्तीय व्यवस्थापनका लागी कार्यक्रम अत्यन्तै उपयोगी रहेको सहभागीहरूले बताएका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.