स्तरीकरण कार्यक्रम केयरमा आबद्ध तीन जिल्लाका संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न
Jan 28, 2024

स्तरीकरण कार्यक्रम केयरमा आबद्ध तीन जिल्लाका संस्थाहरूबिच समीक्षा गोष्ठी सम्पन्न

माघ १५, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आबद्ध संस्थाहरुको केयर समीक्षा गोष्ठी कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।

शनिवार केयरमा आबद्ध सत्कर्म कृषि सहकारी संस्था लिमिटेड बर्दिबासको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लाबाट केयर कार्यक्रममा सहभागी संस्थाहरूका बिचमा संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्रीको प्रमुख आतिथ्यता, बैंकका सञ्चालकहरू रामहरि बजगाईँ, विश्वनाथ मण्डल, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्यप्रसाद रिमालले सहजिकरण गर्दै सहकारी संस्थाहरूको संस्थागत क्षमता विकास तथा स्तरोन्नतिका लागि बैंक सबै किसिमको प्रबिधिक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

आयोजक संस्थाका अध्यक्ष सुशीला थापाको अध्यक्षतामा भएको कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका गरि ६ वटा सहकारी संस्थाहरूका सञ्चालक तथा व्यवस्थापन प्रमुखको सहभागिता रहेको थियो । 

केयर कार्यक्रमले संस्थागत सुशासन तथा प्रभावकारी वित्तीय व्यवस्थापनका लागी कार्यक्रम अत्यन्तै उपयोगी रहेको सहभागीहरूले बताएका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.