मोरङको पञ्चदीप बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध
Apr 12, 2024

मोरङको पञ्चदीप बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम केयरमा आवद्ध

चैत्र ३०, ललितपुर । मोरङको बेलबारी नगरपालिका वडा नम्बर–२, मा रहेको पञ्चदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत “केयर”मा आवद्ध भएको छ । 

चैत्र ३० गते राष्ट्रिय सहकारी बैंकको तर्फबाट स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमाल, सुन्दरहरैचा शाखाका प्रमुख मनोज लामिछाने र संस्थाका उपाध्यक्ष सिताराम न्यौपाने बिच स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियोे ।

सम्झौता कार्यक्रममा बोल्दै बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमालले संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गर्न केयर कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि विभिन्न कार्य गर्दै आएको उल्लेख गर्नु भयो । 

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।

स्तरीकरण कार्यक्रम केयर सम्झौतामा हस्ताक्षरपछि बोल्दै संस्थाका उपाध्यक्ष सिताराम न्यौपानेले सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

उहाँले स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट वर्षमा ३ पटक संस्थागत रूपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरू कार्यान्वयन गर्दै जाँदा संस्थालाई धेरै व्यवस्थित गराउन सहज हुने भएकोले पनि यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.