सहकारीका कोषाध्यक्षहरुका लागि गलकोटमा क्षमता विकास तालिम
Mar 3, 2024

सहकारीका कोषाध्यक्षहरुका लागि गलकोटमा क्षमता विकास तालिम

ललितपुर, २० फागुन

  राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीका कोषाध्यक्षहरुका लागि गलकोटमा सञ्चालित २ दिने तालिम शुक्रवार सम्पन्न भएको छ । 

सहकारीका कोषाध्यक्षहरुलाई वित्तीय व्यवस्थापन तथा सहकारीका नीति नियम र व्यवसायिकताका विषयमा जानकारी गराउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

  सहकारीमा कोषाध्यक्षहरुको भूमिका लगायत सहकारी ऐन नियममा भएका व्यवस्था र सञ्चालक समितिको भूमिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भएको थियो ।

  तालिममा गलेकाट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा सञ्चालित विभिन्न सहकारी संस्थाका ३५ जनाको सहभागितामा तालिम सम्पन्न गरिएको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

  तालिमका सहभागीहरु मध्ये जेष्ठ सदस्य तिल बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवका सदस्य मिना श्रेष्ठ, सहभागी ओमकार सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

 


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.