बैंककोे आयोजनामा सहकारीमा कर व्यवस्था विषयक तालिम सम्पन्न
Jul 2, 2023

बैंककोे आयोजनामा सहकारीमा कर व्यवस्था विषयक तालिम सम्पन्न

असार–१८, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा कर व्यवस्था विषयक एक दिने तालिम सम्पन्न भएको छ । शुक्रबार बैंकले प्रदेश नम्बर–२, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका सहकारी संघ/संस्थाका सहकारीकर्मीहरुलाई आफ्नै संस्थामा बसेर कर भुक्तानी गर्न सिकाउने उदेश्यले भर्चुअल माध्यमबाट तालिम संचालन गरेको थियो ।

बैंकका अध्यक्ष के.बी उप्रेतीले कार्यक्रमको शुभराम्भ गर्दै कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा कर लगायतका विषयमा नियमित रुपमा सहजीकरण गर्दै आएको भन्दै उहाँले सहकारी व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो ।

तालिमको चार्टर एकाउन्टेन्ट्स (सिए) रमेश नेपालले सहकारीमा भएका कर व्यवस्थाका विषयमा सहजीकरण गर्नु भएको थियो भने तालिम कार्यक्रमको संचालन तालिम विभागको बरिष्ठ अधिकृत मिना कुमारी शर्माले गर्नु भएको थियो ।

तालिममा प्रदेश नम्बर–२, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका सहकारी संघ/संस्थाका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायत चार सय पचास भन्दा बढी सहकारीकर्मीको उपस्थिति सहभागिता रहेको थियो ।

लकडाउनको समयमा पनि तालिम तथा शिक्षालाई निरन्तरता दिएको बैंकले असार मसान्त अघाडी सहकारी क्षेत्रमा भएको करका विषयमा तालिम संचालन गरेको हो । बैंकले बुधबार बागमती प्रदेश, बिहिबार प्रदेश नम्बर एक र गण्डकी र आज प्रदेश नम्बर दुई, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको लागि तालिम आयोजना गरेको हो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.