राष्ट्रिय सहकारी बैंकको रणनीतिक कार्यदिशामा छलफल
Jan 17, 2023

राष्ट्रिय सहकारी बैंकको रणनीतिक कार्यदिशामा छलफल

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक कार्यदिशा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा मङ्गलवारबाट सुरु भएको कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैकले लिएको १० वर्षे रणनीतिक योजनाका विभिन्न रणनीतिक स्तम्भहरू र ध्येयहरूको चर्चा गर्दै उद्देश्यमा केन्द्रित भई लक्ष्य हासिल गर्नुपर्ने बताउनु भयो ।

गत आर्थिक वर्षमा “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढेको भन्दै बैंकलाई सबल, सक्षम र प्रभावकारी बनाई सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिने कुरामा जोड दिनुभयो । अध्यक्ष उप्रेतीले संघहरुको प्रर्बद्धनको लागि रणनीति योजना तयार गरी एनसिविएल लघुवित्तको मोडल तयार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको रणनीतिक योजनाको खाकाको विषयमा जानकारी गराउनुहुँदै बैंकको योजनाको पृष्ठभूमिको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बैंकले आर्थिक वर्ष २०७९/०८० देखि २०८८/०८९ सम्मको लागि तय भई लागु भएको १० वर्षे रणनीतिक योजनामा छलफल र अन्तरक्रिया गर्दै आगामी ४ वर्षे व्यावसायिक योजना बनाउने छ । बैंकले गत आर्थिक वर्ष देखि सदस्यहरुको दीगो बिकासका लागि नवीनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने, नेतृत्व एवम् व्यावसायिक जनशक्ति बिकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने/गराउने र सहकारी क्षेत्रको व्यावसायिकता बिकासका लागी सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने ध्येय तय गरेको छ ।

बैंकका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरूको सहभागितामा रहेको कार्यक्रम बुधवार सम्पन्न हुने छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.