News

सिराहामा सञ्चालित पर्ल्स अनुगमन तालिम सम्पन्न

असोज १२, ललितपुर
सहकारी संस्थाहरुको वित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्य सहित राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम बुधवार सम्पन्न भएको छ ।
सदस्य संस्थाहरुको वित्तीय अवस्थालाई थप प्रभावकारी बनाउन, सुशासनयुक्त संस्था निर्माण तथा सहकारीको मर्म अनुसार अगाडि बढ्नका लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण पछि बोल्दै बैङ्कका सञ्चालक तथा मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डले तालिममा सिकेको सीप आफ्नो संस्थामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । उहाँले पर्ल्सका सूचकले संस्था स्वस्थ छ या छैन भन्ने कुरा यकिन गर्ने भएको हुँदा सिकेको कुराहरूलाई शतप्रतिशत व्यवहारमा लागु गर्ने तर्फ लाग्न आग्रह गर्नु भयो ।

बैंकले स्तरीकरण कार्यक्रम मार्फत संस्थाको स्तर वृद्धि गर्ने गरेको हुँदा उक्त कार्यक्रममा आबद्ध भई सेवा उपभोग गर्न आह्वान गर्नुभयो । साथै बैंकले नविनतम् प्रविधिको उच्चतम उपभोग गर्ने क्रममा E-library, COOP CARD (ATM), E-banking,  Cheque transfer, SMS banking सेवा सञ्चालन गरेको बताउनुहुँदै उक्त सेवाबाट सहकारी संस्था तथा सहकारी संस्थाका सदस्यहरू लाभान्वित हुने बताउनु भयो ।

तालिमका सहभागीहरूले पल्र्स अनुगमन तालिम प्रभावकारी भएको भन्दै संस्थाको उन्नतिका लागि उपयोग गर्ने बताएका छन् ।
तालिमका सहजकर्ता बैङ्कका अधिकृत सूर्य प्रसाद रिमालले सुशासनयुक्त र प्रभावकारी सहकारी सञ्चालनका लागि पल्र्स तालिम आवश्यक रहेको बताउनुभयो ।
तालिममा सिराहा र उदयपुरका ३२ वटा सहकारी संघ संस्थाका व्यवस्थापक, लेखापाल तथा पदाधिकारीहरूसहित ३२ जनाको सहभागिता रहेको थियो ।
बैंकको लहान शाखा समन्वय उपसमिति संयोजक सञ्जय कुमार महताको अध्यक्षतामा भएको कार्यक्रममा उपसमितिका सदस्य देव कुमारी लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बैंकको लहान शाखाका प्रमुख समीर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button