News

बर्दियामा सहकारीका सञ्चालकहरूलाई क्षमता अभिवृद्धि तालिम

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाले आयोजना गरेको दुई दिने सहकारीका सञ्चालक समितिहरूको क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न भएको छ ।

असोज ११ र १२ गते सञ्चालन भएको तालिममा बैंकले आफ्ना सदस्य संघ/संस्थाहरूका सञ्चालकहरूलाई सहकारी ऐन, नियमावली, नीति, नियम र प्रविधि सहित सहकारी सञ्चालनका लागि सचेतना प्रदान गर्ने गरी तालिम आयोजना गरिएको बैकले जनाएको छ । तालिममा सहकारी सञ्चालनको प्रक्रिया, सहकारीका लागि कानुनी परिवेश र सञ्चालकहरूको दायित्व, सहकारीमा नीतिगत व्यवस्था, पल्स, सहकारीको योजना, संस्थामा सञ्चालकको जिम्मेवारी लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।

गुलरिया सहकारी सञ्जालका संयोजक इन्दिरा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुगांना प्रमुख आतिथ्यता तथा सञ्जालका सचिव निम बहादुर थापाको आतिथ्यता रहेको थियो । तालिम कार्यक्रममा त्यस क्षेत्रका १४ सहकारी संघ/संस्थाहरूबाट २३ जना सञ्चालकहरूले सहभागिता जनाएका थिए भने तालिमलाई राष्ट्रिय सहकारी बैङ्कका तालिम अधिकृत बल्लभ तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम बैंकको भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले सञ्चालन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button